चीन भ्रमणमा जाने रास्वपाको टोलीले गर्‍यो पार्टी सभापति रवि लामिछानेसँग छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल भोलि चीन भ्रमणमा जाने भएको छ । पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा टोली चीन जान लागेको हो ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा हुन लागेको भ्रमणको तयारीबारे प्रतिनिधिमण्डलले आज पार्टी सभापति रवि लामिछानेसँग सभापति निवासमा छलफल गरिरहेको छ।