श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफू व्यक्तिगत इच्छा र चाहनाभन्दा माथि उठेर पूर्ण रूपमा जनताका लागि समर्पित भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो पछिल्लो भावना सार्वजनिक गर्दै सांसद राईले आफू व्यक्तिगत रूपमा ‘मरेको धेरै भइसकेको’ र बाँकी जीवन देशको सेवामा अर्पण गरेको उल्लेख गरेका हुन् ।दशकौँअघि नै आफ्नो लागि सोच्न छोडेको उल्लेख गर्दै राईले आफूलाई ‘जनताको दु:ख समाधान गर्ने एउटा औजार’ को रूपमा चित्रण गरेका छन् ।
“न मलाई पीडा हुन्छ न खुसी, म पत्थर हुँ, निर्जीव ढुङ्गा हुँ,” उनले फेसबुकमा लेखेका छन्, “मेरा हरेक पाइलाले मलाई कतै पुर्याउनु छैन, पुर्याउनु छ त केवल यो देश र समाजलाई ।”



















