चीनलाई ट्रम्पको धम्की: इरानलाई मद्दत गरे ५० प्रतिशत भन्सार शुल्क लगाउनेछौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई इरानको मद्दत नगर्न धम्की दिएका छन् । उनले आइतबार एक अन्तर्वार्तामा यदि चीनले इरानलाई सैन्य मद्दत गरेको पाइयो भने, त्यसमाथि ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिएका हुन् ।

ट्रम्पले बेलायत र अन्य केही देशहरूले होर्मुज स्ट्रेटमा बारुदी सुरुङ हटाउने नौसैनिक जहाजहरू पठाउने पनि बताए ।