मन्त्री नपाएपछि गण्डकीका सांसद कुँवरले दिए राजीनामा

गण्डकी प्रदेशका सांसद द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रहेका कुँवरले बुधबार राजीनामा दिएका हुन् । कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाएका छन् । उनले आफ्नो राजीनामा वैशाख २ गतेदेखि लागु हुने गरी दिएको उल्लेख गरेका छन् ।

उनी मन्त्री पदका लागि आकांक्षी देखिएका थिए । तर, मन्त्री बन्न नपाएपछि सांसदबाटै राजीनामा दिएका हुन् । कुँवर बागलुङ क्षेत्र नम्बर २ (२)बाट प्रत्यक्ष निर्वाचित भएका थिए । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै आफ्नो मन्त्रिमण्डल फेरबदल गरेका छन् ।

ata-1776237907.jpg