इरानले संयुक्त राज्य अमेरिका र इजरायलको आक्रमणले पुर्याएको क्षतिको क्षतिपूर्ति माग गरेको छ । संयुक्त राष्ट्र संघका लागि तेहरानका राजदूतले मंगलबार यो क्षतिपूर्ति इरानमाथि आक्रमणका लागि भूमि प्रयोग गर्ने दिएका पाँच क्षेत्रीय देशबाट भर्पाई हुनुपर्ने बताए । इरानले स्ट्रेट अफ हर्मुज प्रोटोकलमार्फत क्षतिको क्षतिपूर्ति उठाउन सकिने विचारको पनि प्रस्ताव गरेको छ ।
यसअन्तर्गत त्यस जलमार्गबाट गुज्रने जहाजमाथि इरानले कर उठाउने विषय समावेश हुनेछ । प्रारम्भिक अनुमानअनुसार फेब्रुअरी २८ मा अमेरिका–इजरायलले आक्रमण सुरु गरेदेखि इरानले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लगभग २७० अर्ब डलरको क्षति व्यहोरेको इरानी सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले बताए ।
















