दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न गठित निर्वाचन समितिले शुक्रबार दलको बैठक बोलाएको छ । सिंहदरबार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन समितिका संयोजक कांग्रेस सहमहामन्त्री प्रकाश स्नेहीले बैठक बोलाएका हुन् ।