राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूका लागि तोकेको लेबी परिमार्जन गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले लेबी परिमार्जन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार, सांसदहरूको लेबी १५ हजार तोकिएको छ । यसअघि सांसदहरूका लागि साढे १६ हजार लेबी तोकिएको थियो । मन्त्रीहरूको भने लेबी यथावत राखिएको छ । यसअघि मन्त्रीहरूको लेबी १८ हजार तोकिएको थियो ।
त्यस्तै, मन्त्रीका स्वकीय सचिवहरूको पनि लेबी यथावत नै छ । उनीहरूका लागि पार्टीले २ हजार लेबी तोकेको छ । सांसदहरूले पनि स्वकीय राख्न पाएको खण्डमा २ हजार नै लेबी तोकिने पार्टीले जनाएको छ ।


















