कार्य सञ्चालन नियमावलीको मस्यौदा सभामुखलाई बुझाइयो (पूर्णपाठ)

प्रतिनिधि सभा कार्य सञ्चालन नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाइएको छ । मंगलबार समितिका सभापति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सभामुख अर्याललाई मस्यौदा बुझाएका हुन् ।

मस्यौदा बुझ्दै सभामुख अर्यालले प्रक्रियागत रूपमा नियमावली पारित गरिने बताए । उनले संविधान, पुराना नजिर र कानुनमा भएका व्यवस्थालाई आत्मसाथ गरेर नियमावली अनुसार सभा सञ्चालन गर्ने बताए ।

मस्यौदा समितिले बुझाएको नियमावलीको मस्यौदामा ३० परिच्छेद २६३ दफा ७ अनुसूची छन् ।

यसले नियमावलीको मस्यौदा तयार पारेको हो । समितिमा ओजस्वी शेरचन, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखा कुमारी यदाव र सुलभ खरेल सदस्य रहेका छन् ।