नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेताका लागि आफू निर्वाचन नलड्ने बताएका छन् । उनले सहमतिका आधारमा दलको नेता चयन भए वरिष्ठता र अनुभवका आधारमा आफूले दाबी राखेको स्पष्ट गरे पनि निर्वाचन प्रक्रियामा भने सहभागी नहुने बताएका हुन् ।
केसीले आफू सांसद बनेदेखि नै निर्वाचन नलड्ने कुरा स्पष्ट गर्दै आएको बताउँदै आफ्नो कारणले दलको नेता चयन प्रक्रिया ढिलाइ भएको भन्ने कुरा गलत भएको टिप्पणी गरेका छन्।


















