नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बस्ने बैठकमा पार्टी सभापति गगन थापाले नै उनको नाम प्रस्ताव गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
यसअघि मोहन आचार्य र आङदेम्बेको नाममा गगन र उपसभापति विश्वप्रकाश शर्माबीच कुरा मिलेको थिएन । तर सोमबारको कार्यसम्पादन बैठकअघि कांग्रेसका शीर्ष नेताहरूबीच भएको छलफलमा आङदेम्बेका नाममा सहमति जुटेको हो । अब कार्यसम्पादन बैठकमा उनको नाम घोषणा गरिने छ ।


















