सुकुम्बासी बस्ती स्थानान्तरणका कारण प्रभावित विद्यार्थीलाई मध्यनजर गर्दै शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्ती स्थानान्तरणका कारण प्रभावित विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै ६ बुँदे सर्कुलर जारी गरेका छन्। मन्त्रीको निर्देशनपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले परीक्षा व्यवस्थापन सहज बनाउन तथा प्रभावित क्षेत्रका विद्यालयहरूको समायोजन र समन्वय प्रभावकारी बनाउन विभिन्न निर्देशनहरू जारी गरेको हो ।

केन्द्रले सबै स्थानीय तहलाई प्रभावित विद्यार्थीहरूलाई नजिकको पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न अनुरोध गरेको छ।

साथै, कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको अवस्थामा परीक्षार्थीलाई समयमै परीक्षा केन्द्र पुग्न आवश्यक सहजीकरण गर्न र आवश्यक परे वैकल्पिक व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ।