रास्वपा सभापति रवि लामिछानेले अध्यादेशबारे भइरहेको आलोचनाबारे पार्टीको धारणा सांसदहरूलाई स्पष्ट पारेका छन्।संसदीय दलको बैठकमा उनले विगतमा भएका दलीयकरण र गलत नियुक्ति सच्याउन अध्यादेश ल्याइएको बताएका छन्।
उनले अघिल्ला सरकारहरूले अध्यादेशलाई दल फुटाउने वा विपक्षीलाई दबाउने माध्यम बनाएको आरोप लगाउँदै अहिलेको उद्देश्य सुधार रहेको बताए।
उनका अनुसार यो कदम कानुनी दायराभित्र रहेर सुधारका लागि गरिएको अभ्यास हो र यसले रास्वपाको लोकतान्त्रिक प्रक्रियाप्रतिको प्रतिबद्धता देखाउँछ।


















