बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । विभागले सोमबार बानियाँको निर्माण कम्पनी सम्बन्धी ती दुई कार्यालयमा छापा मारेको हो ।

बानियाँले अवैध सम्पत्ति लुकाएको आशंकामा विभागले सोमबार छापा मारेको हो ।