विश्व ऊर्जा आपूर्तिको सबैभन्दा संवेदनशील समुद्री मार्गमध्ये एक मानिने स्ट्रेट अफ हर्मुजमा इरानले आफ्नो नियन्त्रण थप कडा बनाउँदै जहाजहरूको आवागमनमा नयाँ ‘सार्वभौम’ नियम लागू गरेको छ । अब उक्त जलघाँटी पार गर्नुअघि सबै अन्तर्राष्ट्रिय जहाजहरूले अनिवार्य रूपमा पूर्व अनुमति लिनुपर्ने व्यवस्था लागू गरिएको छ ।
रानको राज्य सञ्चालित प्रेस टिभीका अनुसार नयाँ प्रणालीअन्तर्गत हर्मुज हुँदै यात्रा गर्न चाहने शिपिङ कम्पनीहरूले पर्सियन गल्फ स्ट्रेट अथोरिटी ९पिजिएसए० सँग सम्बन्धित निकायबाट विद्युतीय निर्देशन प्राप्त गर्नुपर्नेछ । ती निर्देशनहरूमा अद्यावधिक नियमहरू, मार्गसम्बन्धी मापदण्ड र पालना गर्नुपर्ने सर्तहरू समावेश हुनेछन्, जसलाई सबै जहाजहरूले अनिवार्य रूपमा अनुसरण गर्नुपर्नेछ ।
यस नयाँ प्रोटोकलअनुसार जहाजहरूले जलघाँटीमा प्रवेश गर्नुअघि ‘ट्रान्जिट अनुमति’ लिनुपर्ने व्यवस्था गरिएको छ । इरानी राज्य मिडियाले यसलाई आफ्नो अधिकार क्षेत्रभित्र लागू गरिएको ‘सार्वभौम शासन प्रणाली’ का रूपमा व्याख्या गरेको छ, जसले रणनीतिक समुद्री मार्गमाथि नियन्त्रण अझ सुदृढ बनाउने लक्ष्य राखेको देखिन्छ ।
यो कदम इरानका संसद अध्यक्ष मोहम्मद बाघेर घालीबाफले हालै जलमार्ग नियन्त्रणसम्बन्धी ‘नयाँ समीकरण’ लागू भइरहेको बताएको घोषणापछि आएको हो । सामाजिक सञ्जालमार्फत उहाँले संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले युद्धविराम उल्लङ्घन र नाकाबन्दीमार्फत ऊर्जा ढुवानीको सुरक्षामा खतरा सिर्जना गरेको आरोप लगाएको थियो ।
घालीबाफले इरानले हालको अवस्था राम्ररी बुझेको उल्लेख गर्दै अमेरिकाका लागि विद्यमान यथास्थिति असहज रहेको दाबी गरे। उनका अनुसार इरानले अझै पूर्ण रूपमा आफ्नो कदम सुरु नगरेको अवस्थामा पनि वासिङ्टन दबाबमा रहेको सङ्केत देखिएको छ ।
यसैबीच, इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स ९आइआरजिसी० को नौसेनाले पनि क्षेत्रीय उपस्थितिलाई कडा बनाउँदै सबै जहाजहरूलाई नयाँ चेतावनी जारी गरेको छ । आइआरजिसीले तोकिएको समुद्री मार्गको कडाइका साथ पालना गर्न निर्देशन दिँदै कुनै पनि विचलन भए सैन्य कारबाही हुन सक्ने चेतावनी दिएको छ ।
राज्य मिडियामार्फत जारी सन्देशमा आइआरजिसीले हर्मुज पार गर्ने जहाजहरूका लागि इरानले निर्दिष्ट गरेको कोरिडोर नै ‘एक मात्र सुरक्षित मार्ग’ भएको जनाएको छ । यस मार्गबाहिर जाने कुनै पनि प्रयास असुरक्षित हुने र त्यसको परिणामस्वरूप निर्णायक हस्तक्षेप गरिने चेतावनीसमेत दिइएको छ ।
यी घटनाक्रम अमेरिकी रक्षामन्त्री पीट हेग्सेथको हालैको टिप्पणीसँगै बढेको क्षेत्रीय तनावको पृष्ठभूमिमा आएका हुन् । उनले व्यावसायिक जहाजहरूको सुरक्षा लागि अमेरिकी प्रयासहरू यस क्षेत्रमा सञ्चालन भइरहेका अन्य सैन्य गतिविधिभन्दा फरक रहेको बताएको थियो ।
गत फेब्रुअरी अन्त्यदेखि नै इरानले समुद्री आवागमन नियन्त्रणलाई क्रमश: कडा बनाउँदै आएको छ । तरलीकृत प्राकृतिक ग्यास र कच्चा तेलको प्रमुख ढुवानी मार्गका रूपमा रहेको हर्मुज जलघाँटीमा कुनै पनि अवरोध उत्पन्न हुँदा विश्वव्यापी व्यापार र ऊर्जा बजारमा ठूलो अनिश्चितता सिर्जना हुने खतरा रहने भएकाले अन्तर्राष्ट्रिय समुदाय यसप्रति संवेदनशील बनेको छ ।


















