विश्वप्रकाशको प्रश्नः ८० वर्षे न्यायिक इतिहासमा पञ्चायतले समेत नगरेको कर्मको धब्बा बोक्ने नै हो ?

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको व्याख्या सबैले अनिवार्य रूपमा पालना गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले संविधानको धारा १२८(४)उल्लेख गर्दै बहुमतको अर्थ बहुसंख्या नै हुने र यही विश्वव्यापी लोकतान्त्रिक मान्यता भएको बताएका हुन्।

शर्माले सरकारको व्यवहारप्रति टिप्पणी गर्दै विगतका गल्ती सच्याउने कुरा गरिए पनि व्यवहारमा उत्तर कोरियाको शैली पछ्याउने प्रवृत्ति देखिएको आरोप लगाए। उनले “८० वर्षे न्यायिक इतिहासमा पञ्चायतले समेत नगरेको कर्मको धब्बा बोक्ने हो ?” भन्दै सम्बन्धित दलका नेताहरूलाई गम्भीर समीक्षा गर्न आग्रह गरेका छन्।