इरानले होर्मुज जलमार्गसम्बन्धी एक विधेयक तयार पारेको जनाएको छ । यस विधेयकमा इजरायल र अमेरिकासँग जोडिएका जहाजहरूलाई होर्मुज जलमार्गबाट आवतजावत गर्न रोक लगाइने तथा अन्य गैर–शत्रुतापूर्ण जहाजहरूमाथि टोल शुल्क लगाइने बताइएको छ ।इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजीजीले संसद्को बैठक पुनः सुरु भएपछि यसलाई रूपमा पारित गरिने बताए ।
अजीजीले तेहरानमा आयोजित एक समारोहमा यस्तो टिप्पणी गरेका हुन् । उनले संसद्ले यस कानुनलाई स्वीकृति दिने तयारी गरिरहेको जानकारी दिए ।
उनका अनुसार विधेयक तयार भइसकेको छ र यसबारे विदेश मन्त्रालय तथा इरानको बन्दरगाह र समुद्री संगठनलगायत सम्बन्धित निकायसँग धेरै चरणमा छलफल भइसकेको छ ।


















