कतारको तट नजिएकै एउटा जहाजमा आक्रमण भएको छ । बेलायती सेनाले बताएअनुसार आइतबार कतारको तटनजिकै एक सामान बोकेको जहाजमा अज्ञात प्रोजेक्टाइलले लागेर आगो लागेको छ । युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स सेन्टरका अनुसार मालवाहक जहाजमा सानो आगो लागेको थियो, जसलाई पछि निभाइएको छ।अधिकारीहरूले यो घटनामा कुनै पनि घाइते नभएको बताएका छन् ।
इरानको खार्ग टापु नजिक समुद्रमा ठूलोमात्रामा तेल चुहिएको छ। यो ठाउँ इरानका लागि अत्यन्त महत्वपूर्ण छ । यहाँबाट देशको ठूलो हिस्साको तेल विदेश पठाइन्छ। बिहीबारसम्म यो करिब २० वर्ग माइल क्षेत्रमा फैलिसकेको थियो।
अर्बिटल ईओएस नामक संस्थाका अनुसार ३ हजार ब्यारलभन्दा बढी तेल समुद्रमा बग्ने सम्भावना छ।तेल कसरी चुहियो भन्ने अझै स्पष्ट छैन । तेल चुहावट भएर साउदी अरेबिया तर्फ बढिरहेको देखिन्छ, जसले पर्यावरणलाई क्षति पुर्याउने चिन्ता बढाएको छ।


















