इरानसँगको बढ्दो तनावका बीच डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमण गर्ने भएका छन्। चीनको विदेश मन्त्रालय ले ट्रम्प आगामी मे १३ देखि १५ सम्म चीन भ्रमणमा रहने पुष्टि गरेको हो।यो करिब नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपतिको पहिलो चीन भ्रमण हुने बताइएको छ।
भ्रमणका क्रममा ट्रम्प र सी जिनपिङ बीच भेटवार्ता हुने कार्यक्रम छ।भेटमा मध्य–पूर्वको वर्तमान स्थिति र विशेषगरी ‘स्ट्रेट अफ हर्मोज’को विषयमा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।


















