राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता सांसद ज्ञानेन्द्र शाहीले सांसद हर्क साम्पाङलाई प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्नुपर्ने कुनै कारण नरहेको बताएका छन्।
उनले सामाजिक सञ्जालबाट जनताको मत र जनादेशको सम्मान गर्न साम्पाङलाई अपिल गरेका छन्। उनले भनेका छन्,‘माननीय हर्क साम्पाङज्यूलाई मेरो विनम्र अपिल छ। प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन।
याद गर्नुस्, तिनै शक्तिहरूले ३५ वर्षसम्म यो देश लुटे, भ्रष्टाचार गरे। तिनैका विरुद्धको लडाइँमा अहिलेका जनताले मतदान गरेका हुन्। त्यसैले हामीले जनताको मत र जनादेशको सम्मान गर्नुपर्छ।’उनले बरु प्रधानमन्त्री शाह प्रजातान्त्रिक भइदिन र संसदप्रति उत्तरदायी भइदिन आग्रह गरेका छन्।

![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-600x400.jpg)









![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-150x150.jpg)






