सिन्धुपाल्चोकमा चीनबाट ल्याइँदै गरेको ठूलो परिमाणका विद्युतीय चुरोट (भेप) सहित ७ जना पक्राउ परेका छन्।
शुक्रबार राति साढे ९ बजे सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ गन्जेखोलाबाट १ हजार ६२० थान भेपसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एक अधिकारीले जानकारी दिए।
सो परिमाणको भेपको बजार मूल्य ५६ लाख ७० हजार बराबर हुन आउने पनि ती अधिकारीले जानकारी दिए।
कोदारी राजमार्ग निस्कने भित्री बाटो प्रयोग गरी भेप ल्याइँदै गर्दा प्रहरीले विशेष चेकजाँचका क्रममा बरामद गरेको हो।
पक्राउ पर्नेहरूमा भोटेकोशी गाउँपालिका–४ का ३५ वर्षीय गणेश खड्का, ४६ वर्षीय हिमाल खड्का, २४ वर्षीय विकास विक, ४८ वर्षीय रामबहादुर विक, १७ वर्षीय विशाल रक्पाल, ३७ वर्षीय मंगलबहादुर थामी तथा बाह्रबिसे नगरपालिका–५ का ४२ वर्षीय कान्छा तामाङ छन्।



















