अमेरिकाले होर्मुज स्ट्रेटमा इरानविरुद्ध जारी आफ्नो समुद्री नाकाबन्दी र कारबाहीलाई लिएर ठूलो दाबी गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्ड अर्थात् सेन्टकमले शनिबार सार्वजनिक गरेको विवरण अनुसार, इरानी बन्दरगाहहरू तर्फ गइरहेका ७८ वटा व्यावसायिक जहाजहरूलाई बाटोबाटै फर्काइएको छ भने ४ वटा जहाजलाई पूर्ण रूपमा निष्क्रिय बनाइएको छ ।
सेन्टकमले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक आधिकारिक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मे १६ सम्म ७८ वटा व्यावसायिक जहाजहरूलाई रिडाइरेक्ट (बाटो परिवर्तन) गरिएको छ र ४ वटा जहाजहरूलाई डिसेबल गरिएको छ, ताकि राष्ट्रपति डोनाल्ड ट्रम्पको नाकाबन्दी नीतिको पालना पूर्ण रूपमा सुनिश्चित गर्न सकियोस्।’




















