राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले सार्वजनिक यातायातको अवस्था कठिन रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले यात्रुहरू “गुन्द्रुक जसरी कोचिएर” यात्रा गर्न बाध्य भएको टिप्पणी गरे ।
दैनिक ४० प्रतिशतभन्दा बढी नेपाली सार्वजनिक यातायातमा निर्भर रहेको उल्लेख गर्दै उनले यातायातलाई व्यवस्थित, सुरक्षित, भरपर्दो र आरामदायी बनाउन माग गरे।


















