घर–टहरा भत्काउन खोजिएको भन्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

डिभिजन वन कार्यालय महोत्तरीले अतिक्रमित जग्गामा घरटहरा हटाउने प्रक्रिया अगाडि बढाएपछि स्थानीयहरुले राजमार्ग अवरुद्ध गरेका छन्। वन अतिक्रमित क्षेत्रमा आवासीय पसल सञ्चालन गरेका ती घरटहरा हटाउन खोजेपछि स्थानीयहरुले टायर बालेर पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

व्यापक मात्रामा सुरक्षाकर्मीसहित डोजर लिई त्यहाँका घर भत्काउन खोज्दा उनीहरु आन्दोलित भएका ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।