अमेरिका र इरानबीच स्ट्रेट अफ हर्मुजलाई स्वतन्त्र गर्ने सम्झौतामा पुग्ने सम्भावना अझै अनिश्चित रहेको संयुक्त अरब इमिरेट्स ९युएई० का एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन् ।
हर्मुज घाँटी खुला गर्ने सम्झौतामा पुग्न ‘५०–५०’ मात्र सम्भावना रहेको युएईका राष्ट्रपतिका सल्लाहकार अनवर गार्गासले बताएको हो । उनले तेहरानलाई मध्यपूर्व युद्धको कमजोर युद्धविरामको समयमा वार्तालाई पटक–पटक रोक्ने र शुरु गर्ने र यसमा बढी सौदाबाजी नगर्न आग्रह गरे ।
“इरानी अधिकारीहरूले वर्षौंदेखि धेरै अवसरहरू गुमाएका छन् किनकि उनीहरूले अवसरलाई बढी आँकलन गर्ने प्रवृत्ति छ,” गार्गाशले प्रागमा ग्लोब्सेक फोरमलाई सम्बोधन गर्ने क्रममा भने । “मलाई आशा छ, उनीहरूले यस पटक त्यसो गर्नेछैनन्,” उनले अगाडि भने ।
अमेरिकी सैन्य सुविधाहरू रहेको तेलको धनी युएईलाई फेब्रुअरी २८ देखि सुरु भएको ४० दिनको युद्धको क्रममा करिब तीन हजार ३०० ड्रोन र मिसाइलहरूले निशाना बनाएको गर्गासले बताए ।
उनले भने, “इरानले नाकाबन्दी गरेको हर्मुजले सामान्यतया विश्वव्यापी इन्धन आपूर्तिको पाँच भागको एक भाग ओगट्छ । यो मार्ग सामान्य अवस्थामा फर्कनु पर्छ ।”


















