चीनले गत वर्ष पाकिस्तान र भारतबीच भएको युद्धका क्रममा पाकिस्तानलाई प्रत्यक्ष प्राविधिक सहयोग गरेको खुलासा भएको छ। पहलगाम आतंकवादी हमलामा २६ जनाको मृत्यु भएपछि भारतले मे ७ मा पाकिस्तानमाथि हमला गरेको थियो । त्यसको जवाफमा पाकिस्तानले कारबाही गर्दा चिनियाँ इन्जिनियरहरू पाकिस्तानमै उपस्थित भएर लडाकु विमान सञ्चालनमा सहयोग गरेको बताइएको छ ।
चेंग्दु एयरक्राफ्ट डिजाइन एण्ड रिसर्च इन्स्टिच्युटका इन्जिनियर झाङ हेङले युद्धका बेला फिल्डमै बसेर प्राविधिक सहयोग गरेको पुष्टि गरेका छन्। अर्का इन्जिनियर जू दाले जे–१० सीई लडाकु विमानले अपेक्षित परिणाम दिएको बताएका छन् ।
यस खुलासापछि काश्मिर क्षेत्रलाई लिएर भएको चार दिने भारत–पाकिस्तान झडपमा चीनको भूमिकाबारे नयाँ बहस सुरु भएको छ।


















