राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्न माग गरेका छन् । आज प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले न्यायपालिकामा पारदर्शिता बढाउन यस्तो व्यवस्था आवश्यक रहेको बताएका हुन् । न्यौपानेका अनुसार न्यायाधीशहरूको सम्पत्ति गोप्य राख्ने प्रावधानले पारदर्शितामा प्रश्न उठ्ने भएकाले त्यसलाई वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ। उनले न्यायाधीशहरूको सम्पत्ति छानबिन गर्न पनि माग गरेका छन् ।
त्यस्तै, उनले स्थानीय तहमा अदालतको व्यवस्था भए पनि आवश्यक कानुन नबनेको भन्दै स्थानीय अदालत गठन गरी जिल्ला अदालतको क्षेत्राधिकार विस्तार गरेर सर्वोच्च अदालतको कार्यभार घटाउनुपर्ने सुझाव पनि दिएका छन् ।


















