आर्थिक घोटलाको आशंकामा दुग्ध विकास संस्थानमा  सीआईबीको  छापा

काठमाडौँ । आर्थिक घोटलाको आशंकामा दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ।

बुधबार छापा मारेर सीआईबीको टोलीले पाँच कर्मचारीको मोबाइल जफत  गरेको छ । ‘एक्कासि टोली आएर छापा हानेको छ । केही कर्मचारीको मोबाइल समेत जफत भएको छ,’ डीडीसी स्रोतले भन्यो ।

सीआईबीले दूध खरिदबिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिएको बताइएको छ ।

सीआईबीले छापा हान्दा डिडिसीका महाप्रबन्धक डा.शरण कुमार पाण्डे कार्यालयमा थिएनन् ।