स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरुको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण हुनेगरी बजेट ल्याएको छु: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादनमुखि अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रविधिमैत्री परिवर्तनबारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट संघीय संसदको दुवै सदनमा प्रश्तुत गर्दै उक्त कुरा बताएका हुन् । अर्थमन्त्री वाग्लेले सरकार बजेटमार्फत सुशासनको मानक स्थापित गर्न कटिवद्ध रहेको पनि बताए । उनले बजेटले राष्ट्रिय जीवनको सबै आयाममा रुपान्तरको उत्कृट प्रतिक्षालाई सम्बोधन गरेको दाबी पनि गरे । उनले भने,‘उत्पादनमुखि अर्थतन्त्र, अन्तराष्ट्रिय प्रतिष्ठा, प्रविधिमैत्री परिवर्तनबारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्नेछ भन्ने विश्वास लिएको छु । नेपालको राजनीतिमा उमेरको पुस्तान्तरण सँगसँगै राष्ट्रिय जीवनको सबै आयाममा रुपान्तरको उत्कृट प्रतिक्षा छ । यो अनुकूलतालाई आत्मासात गर्दै नीति, कानून, संस्था, पद्धति, प्रक्रिया, नेतृत्व र नियतमा परिस्कारपूर्वक सुशासनमा मानक स्थापित गर्न हामी कटिवद्ध छौँ ।’

अर्थमन्त्री वाग्लेले सरकार नयाँ पुस्ताको भावना अनुसार अघि बढने पनि बताएका छन् ।