नेपाली कम्युनिस्ट पार्टीकी सांसद गोमा देवी तिमिल्सनाले सरकारले ल्याएको बजेटले नेपाली समाजलाई समग्रतामा समेट्न नसकेको टिप्पणी गरेकी छन् ।
आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् । ‘अर्थमन्त्रीज्यूबाट प्रस्तुत भएको २०८३ / ०८४ को बजेट उहाँहरूले अत्यन्तै मेहनतका साथ ल्याउनुभएको होला । तर हामीलाई कता कता नुन र अमिलो नलागेको अचार जस्तै महसुस भएको छ ।’


















