संसद्‌मा अमर्यादित व्यवहार देखाउने सांसदमाथि छानबिन गर्न समिति गठन

सांसदले सदनमा अमर्यादित व्यवहार प्रदर्शन गरेको भन्दै जाँचबुझ गर्न सभामुख डीपी अर्यालले समिति गठन गरेका छन् । आइतबारको बैठकमा अमर्यादित व्यवहार गरेको भन्दै सभामुख अर्यालले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको नेतृत्वमा समिति गठन गरेका हुन् ।

समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । प्रतिनिसिभा नियमावलीको नियम ३ घ बमोजिम समिति गठन गरिएको हो । हिजोको बैठकमा विपक्षी सांसदहरूले वेल घेराउ गर्ने क्रममा घम्साघम्सी परेको थियो ।