हत्या गरेको अभियोगमा पक्राउ

झापाको मेचीनगर नगरपालिका-१५ निलकोठी बस्ने ५५ वर्षीय रूद्र श्रेष्ठको हत्या गरेको अभियोगमा सोही ठाउँस्थित माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा काम गरी बस्ने तनहुँ घर भएका ३५ वर्षीय राम बहादुर गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

आपसी वादविवादको क्रममा राम बहादुरले आइतबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका रूद्रको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।