नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हटाउँदैमा एमाले बलियो नहुने बताएका छन् । पार्टीभित्रैबाट नेतृत्व परिवर्तनको रटान लगाइएको भन्दै उनले शीर काटेर टेबलमा राख्दैमा पार्टी बलियो हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे ।
‘शिर काटेर टेबलमा राख्यो भने पार्टी बलियो हुन्छ भनेर भ्रममा परेका छन्’, ओलीले भने, ‘यो बेला चुनाैतीको समीक्षा गर्ने कि आत्मभर्त्सना गर्ने ?
उनले अगाडि भने, ‘कि त भन्नुपर्यो हाम्राे घर जलाएको ठीकै हो ।’ ओलीले देश जल्दा आफूहरूले केही गर्न नसकेको भनेर हतोत्साही हुन नपर्ने पनि बताए ।
‘सिंहदरबार जलाउन किन रोक्न सकेन भनिन्छ’, ओलीले भने, ‘सेनाले सकेन त हामीले कसरी सकाैँ ? ओलीले देश जोगाउन सबैभन्दा पहिले एमालेमा एकता चाहिने बताए ।
















