परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली पुगेका छन्। भारतीय विदेशमन्त्रीको निमन्त्रणामा तीन दिने भ्रमणका लागि नयाँ दिल्ली पुगेका मन्त्री खनाललाई विदेश मन्त्रालयका नर्थ डेस्क प्रमुख मनु महावरले स्वागत गरेका थिए।
यसैवीच, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको उच्चस्तरीय भेटवार्ता हुने जानकारी दिएका छन्। नयाँ दिल्लीमा भएको नियमित पत्रकार सम्मेलनमा उनले भारत र नेपालबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले उच्चस्तरीय भेटवार्ता हुने बताए। जैसवालका अनुसार भारत र नेपालबीच राजनीतिक, आर्थिक, विकास साझेदारी तथा जनस्तरको सम्बन्धलाई अझ सघन बनाउने विषयमा छलफल हुनेछ। उनले दुवै देशबीच नियमित संवाद र उच्चस्तरीय भ्रमणहरू जारी रहेको उल्लेख गर्दै सम्बन्धलाई थप मजबुत बनाउन दुवै पक्ष प्रतिबद्ध रहेको बताए।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय समकक्षी तथा उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।


















