पाकिस्ताद्धारा अफगानिस्तानमा हवाई आक्रमण, ११ बालबालिकासहित १३ जनाको मृत्यु

पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानले आफ्नो सीमाभित्र छिरेर गरेको आक्रमणमा १३ जना सर्वसाधारण मारिएका अफगानिस्तानले जनाएको छ ।

मृत्यु हुनेहरूमा ११ जना बालबालिका, एक महिला र एक वृद्ध पुरुष रहेका छन् । आक्रमणमा कुनार, खोस्त र पक्तिका प्रान्तका आवासीय क्षेत्रहरूलाई निशाना बनाइएको थियो ।

अफगान सरकारले उक्त कारबाहीको कडा निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय नियमहरूको उल्लंघन भनेको छ ।अफगानिस्तान र पाकिस्तानबीच सीमावर्ती क्षेत्रमा तनाव पुनः चुलिएको छ ।