९ महिनापछि ओलीको राजीनामा राजपत्रमा

जेनजी आन्दोलनका कारण राजीनामा दिएको ९ महिनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा राजपत्रमा प्रकाशित भएको छ । भदौ २४ गते उनले दिएको राजीनामा मुद्रण विभागले बुधबार उक्त सूचना नेपाल राजपत्रमा प्रकाशित गरेको हो ।

राष्ट्रपति कार्यालयका तत्कालीन सचिव दीपक काफ्लेको नाममा उक्त राजीनामाको सूचना राजपत्रमा प्रकाशित भएको हो ।