गृहमन्त्री सुधन गुरुङले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति कडाइका साथ लागू गरिरहेको बताएका छन्।
विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सुशासन कायम गर्नु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गरे। उनले प्रहरीका केन्द्रीय तथा प्रदेश प्रमुखलाई मातहतका कर्मचारीमाथि कडा निगरानी राख्न र कार्यसम्पादनका आधारमा पुरस्कार वा कारबाही गर्न निर्देशन दिइएको जानकारी दिए। गुरुङले भ्रष्टाचार नियन्त्रणसँगै “इन्टिमिडेसन एन्ड फलोअप” आफ्नो पहिलो प्राथमिकतामा रहेको पनि स्पष्ट पारे।















