हाम्रो ज्योतिष विज्ञानमा सूर्यलाई आत्मा र पिताको कारक ग्रह माने जस्तै बन्द्रमालाई मन र माताको कारक ग्रह मानिएको छ । व्यक्तिहरूका बिचारमा आउने उथल-पुथल वा संकल्प-विकल्पको शक्तिको कारक ग्रह पनि चन्द्रमा हो अतिरिक्त चन्द्रमाको क्षेत्र भित्र बगैचाहरू, नून, समुन्द्र, औषधी, परिवर्तन, संसारमा प्राप्त हने तरल पदार्थहरू चन्द्रमाको अधिकार क्षेत्र भित्र पर्दछन। यसका विदेशयात्रा, दुध, मान, सम्मानादि पर्दछन। चन्द्रमाले मानव शरीरमा बायाँ आँखा गाला, मासु, रगत, बलगम, वायु, स्त्री जातकमा दायाँ आखाँ, पेट, भोजन नली. गभाशय, अण्डाशय, मुत्राशयमा प्रभाव राख्दछ। – श्रवण हुन् ।
भचक्रको चन्द्रमासम्बन्धित नक्षत्रहरू रोहिणी, हस्त र चौथो राशि कर्क हो र त्यसको स्वामी ग्रह चन्द्रलाई मानिएको छ। वृष राशिको ३ अंशसम्म परम उच्चको र त्यसपछि उच्चको मानिन्छ त्यस्तै वृश्चिक राशिको पनि ३ अंशसम्म परम नीचको र त्यस पछि निचको मानिन्छ। फलित ज्योतिषमा चन्द्रको उर्जाले माताको प्रतिनिधित्व गर्दछ। चन्द्रको उर्जा धेरै संग्रहीत हुने स्थान वा चन्द्रको निवास स्थान जलाशय नदी पोखरी समुन्द्रआदि हुन्। यसै ग्रहको उर्जाबाट नै कफ, पेट सम्बन्धी रोग, हृदय रोग, फोक्साको रोग, दम, अतिसार, झाडापखाला, पिसाब सम्बन्धी रोग, जेण्डिस, गर्भाशय सम्बन्धी रोग, महिनावारीमा समस्या, छाला सम्बन्धि रोग, शरीरमा रगतको कमी, निद्राको समस्या, लुतो, अपच बलगम, रूगा-मर्की, खोकी, सुन्निनु, पानिबाट भय, घाटीसम्बन्धि समस्या क्षयरोग र पेट सम्बन्धी रोगहरू हुने गर्दछन्।
चन्द्रको जातीय स्वभाव वैश्यको जस्तो मानिन्छ। चन्द्र उर्जा नै मानव शरीरको बाहिरी बनोटको कारक भएका कारण सुन्दरता को अध्ययन चन्द्रमाको किरणबाट नै गर्नु पर्दछ । अर्थात जातकमा चन्द्रको प्रभावबाट गर्नु पर्दछ। । चन्द्रमाको अष्टम् भावमा सम्बन्ध भएमा पानि को भय हुन्छ । यही ग्रह जातकको कुण्डलीमा सबैभन्दा बलवान छ भने यो ग्रहलाई मन्त्री कारक मानिन्छ। ग्रहको प्रभाव समुन्द्रमा प्राप्त हुने सम्पूर्ण पदार्थमा धेरै हुन्छ । । बनस्पतिहरूमा सेतो दुध निस्कने वा सेता रूखहरूको कारक चन्द्रलाई मानिन्छ ।
चन्द्रमा भचक्र अनुसार कर्क राशिको 0 अंशदेखि १० अंश सम्म स्वगृही हने भएका कारण शक्तिशाली मानिन्छ । चन्द्र्मा का कारण देवीलाई मानिएको छ । चन्द्रमा रोहिणी, हस्त र श्रवण नक्षत्रको स्वामि हो। वैदिक ज्योतिषमा चन्द्रमालाई महत्वपूर्ण स्थान प्राप्त छ चन्द्रमालाई नै आधार मानेर सबै गहदशा पद्धतिहरूको निर्माण हुन्छ र नाम पनि चन्द्रमाको हेर्दा होश या गोचरमा ग्रह स्थिति हेर्दा होश चन्द्रमाको निकै महत्व हुन्छ। मानव आधारमा नै राखिन्छ। जातकको जन्मदेखि लिएर मृत्युसम्मको सम्पूर्ण साईतहरू सफलतालाई अध्ययन गर्नका लागि चन्द्रमाको स्थितिलाई विशेष ध्यानमा राख्नु जीवन र मानव स्वभावलाई मात्र हैन उसको प्रत्येक विषयमा प्राप्त हने पर्दछ। उदाहरण का निम्ति जस्तै कनै जातकको जन्म कृतिका नक्षत्रमा भएको थियो. यसको मतलब चन्द्रमा त्यो दिन कृक्तिका नक्षत्रमा थियो, त्यही कारण उसको जन्म नक्षत्र कृतिका हो. जातकको नाम, गण, नाडी, वर्ग, वर्ण, आसन, वश्य, आदि-आदि अनेक महत्वपूर्ण तथ्यहरू चन्द्रमासँग नै सम्बन्धीत छन्।
ताजिक ज्योतिषमा आधारित भएर गरिने राशिफल, दैनिकफल, साप्ताहिक फल, मासिकफल, वर्षफल, जातकको राशि अनुसार बताईन्छ, तर त्यो राशि पनि चन्द्रमाको आधारमा नै तयार भएको हुन्छ, अर्थात जातक जन्मदा चन्द्रमा भचक्रको जुन राशिमा पुगेको हुन्छ त्यही राशिनै जातकको चन्द्र राशि वा जन्म राशि हुन्छ। अर्थात कुण्डलीको जुन भावमा जति अङ्कमा बसेको हुन्छ त्यो अङ्क नै जातकको राशि हुन्छ । पूर्णीमाको चन्द्रमाले हामीलाई जुन मानसिक आनन्द प्रदान गर्दछ त्यो विजुलीको झिलीमिलीबाट प्राप्त हुन कदापि सक्दैन । यही विशेषताका कारणले नै चन्द्रमालाई स्नेह र आनन्दको कारक मानिएको हो। स्नेह र आनन्द भनेको कुनै पदार्थ र वस्तु हैन बोकेर हिड्ने र साचेर राख्ने यो त चन्द्रमाको उर्जाबाट प्राप्त भएको अनुपम उपहार हो। जो अन्यत्र संभव छैन ।
सोच्नुहोश् जब कुनै बालकलाई काखमा राखेर सामवेदको संगीत गुन्गुनाउदै आफ्नो दुध पान गराई रोखेकी आमाको मनमा उत्पन्न हुने स्नेहको कल्पना गर्न सकिन्छ, सकिदैन। हो त्यही अकल्पनीय स्नेह र आनन्दको उर्जा चन्द्रमाबाट प्राप्त हुन्छ। चन्द्रमा सबै भन्दा धेरै गति भएको ग्रह हो पृथ्वीलाई सूर्यको परिक्रमा गर्न १ वर्ष लाग्छ शनिलाई अढाई वर्ष तर चन्द्रमाले पृथ्वीको परिक्रमा मात्र ३० दिनमा पूरा गर्दछ। त्यसैले गतिको कारक ग्रह पनि चन्द्रमालाई मानिएको ग्रह परिचय गतिमा हमेशा परिवर्तन हुन्छ । म जन्मदा बालक थिए जयको गतिसँग सँगै म परिवर्तन हुदै गए र न आज युवा भए। त्यस्तै सम्पूर्ण निमा परिवर्तन अवश्य हुन्छ। जहाँ गति र परिवर्तन कुरा आउछ त्यहाँ चन्द्रमाको सत्वपूर्ण भूमिका हुन्छ। त्यही भएर यात्राको कारक ग्रह चन्द्रमा हो।
चन्द्रमा मनको साक हो भन्ने कुरा मैले भनिसके मन धेरै खुशि भयो भने के हुन्छ ? आनन्दको चाणरमा ज्वारभाट उत्पन्न हुन्छ र आँशु भएर निस्कन्छ (यसलाई यसरी पनि बुझ्नु यो समुन्द्र पनि शरीरमा रहेछ।) मनमा धेरै दुख र पिडा हरू भए पनि आँखा बाट बंग निस्कन्छ । यो पनि चन्द्रमाको कारक हो अर्थात मान्छेको आँखामा बग्ने बंशुमात्र हैन संसारमा देखिने तरल पदार्थहरूको कारकग्रह पनि चन्द्रमालाई चिनिन्छ। पानीमा उत्पन्न हुने बोटविरुवा माछा, पानी, पोखरी, कुवाँहरूको कारक पनि चन्द्रमालाई मानिन्छ ।















