यी हुन् रास्वपा महाधिवेशन प्रतिनिधिहरू (नामावली)

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि सहभागी हुने चार हजार प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। निर्वाचन आयोग प्रमुख भुवन केसीले नामावली सार्वजनिक गर्दै दाबी–विरोध भए महाधिवेशन सचिवालयको कार्यालय (चितवन औद्योगिक प्रदर्शनीस्थलस्थित) मा सम्पर्क गर्न आग्रह गरेका छन्।

यसैबीच, रास्वपाले प्रदेश सभापतिहरू पदेन रहने गरी १५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। हाल १२१ सदस्य रहेको समितिमा अब खुला प्रतिस्पर्धाबाट ९९ जना र सभापतिबाट ५१ जना मनोनीत हुने व्यवस्था गरिएको छ। साथै, प्रत्येक प्रदेशबाट एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य रहने विधानमा उल्लेख छ।