रवि र बालेनले घण्टी बजाएर सुरु भयो रास्वपा महाधिवेशनको उद्घाटन सत्र(फोटोसहित)

चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन सत्र सुरु गरेका हुन् । सो अवसरमा उनीहरुसँग मञ्चमा रहेका अतिथिहरुले पनि एकै साथ घण्टी बजाएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा ९एमाले०का नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देल सहभागी छन् ।

यसै गरी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतको सहभागिता रहेको छ । उद्घाटन सत्र सुरु हुँदै गर्दा वर्षा भए पनि समारोहमा मानिसहरुको उल्लेख्य उपस्थिति छ ।

महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन् । रास्वपा महाधिवेशन आजबाट तीन दिनसम्म चल्नेछ ।