जनमत पार्टीका अध्यक्ष सीके राउतले जनता र हावामा समानता भएको बताएका छन् । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवशेनमा बोल्दै राउतले तराईको हुलाकी राजमार्ग बनाउन तथा जनतासँग गरेका सबै वाचा पूरा गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गर्दै जनता र हावामा समानता भएको बताएका हुन् ।
उनले बेलुनमा भरिएको हावा आफ्नो जस्तो लागेता पनि एउटा सियोले घोचेर फुस्काउन सक्ने भन्दै जनता र हावा कसैको पेवा नहुने बताएका हुन् । रवि लामिछाने र वालेन्द्र शाहको तारिफ गरेर नथाकेका राउतले वालेन्द्रलाई अर्को तरिकाले सोच्न सक्ने नेता भन्दै तारिफ गरे ।
समस्या सिर्जना गर्ने सोचभन्दा माथि पुगेर सोच्न सक्ने भन्दै राउतले शाहलाई ‘अर्को लेभल’को नेताको उपमा दिए ।















