जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनले “नयाँ नेपालको तस्वीर” देखाउन सक्नुपर्ने बताएका छन्।रास्वपालाई शुभकामना मन्तव्य दिँदै उनले मुलुकलाई विकृति-विसंगतिबाट मुक्त गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायतर्फ अघि बढाउने जिम्मा रास्वपामाथि आएको उल्लेख गरे।
यादवले संविधानमा संघीयता, गणतन्त्र, समावेशीता र धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धि भएtf पनि अझै त्रुटिपूर्ण र अपूरो रहेको भन्दै संशोधन आवश्यक रहेको बताए। उनले सहकार्य र परिमार्जनमार्फत आर्थिक विकास, रोजगारी र गरिबी न्यूनीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।















