श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नयाँ राष्ट्रपति बन्न सक्ने अनुमान लगाएका छन् । भट्टराईले आफूलाई रास्वपाबाट कुनै ललिपको आशा नरहेको अभिव्यक्ति दिएकै भोलिपल्ट साम्पाङले यस्तो अनुमान गरेका हुन् । रास्वपाको चितवनमा सुरू भएको महाधिवेशनमा भट्टराईले आफू जीवनभर मर्न हिँडेको’ भन्दै कुनै ललिपप नखाने बताएका थिए ।
रास्वपाले भट्टराईलाई राष्ट्रपति बनाउन सक्ने चर्चा पहिल्यैदेखि चल्दै आएको सन्दर्भमा उनले सो अभिव्यक्ति दिएका हुन् । त्यसपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका साम्पाङले आज स्टाटस लेख्दै भनेका छन्ः अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् !’


















