राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशन एक दिन लम्बिने भएको छ । आइतबार सुरु भएको महाधिवेशन मंगलबारसम्म सकिने मिति तय भएकोमा एक दिने लम्बिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
साथै, प्रतिनिधिको संख्या पनि ४ हजार ५०० पुग्ने अनुमान गरिएको उनको भनाइ छ । ‘ सुरुमा ३ हजार प्रतिनिधि हुनुहोला भन्ने थियो, तर धेरै प्रतिनिधि आउनुभयो । आकलनभन्दा उत्साहजन सहभागिता नकार्न सकिन्न, कमजोरी भएको छ । हाम्रो व्यवस्थापनमा कमजोरी भयो’, प्रवक्ता झाले भने ।


















