एमाले संसदीय दलको बैठक जारी

नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि बैठक बसिरहेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । बैठक स्रोतका अनुसार, अध्यक्ष ओलीले समसामयिक अवस्थाबारे ब्रिफिङ गरिरहेका छन् ।

एमालेका उपाध्यक्ष विष्णु पौडेल हिजोमात्रै सुर्खेतबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि एमालेको संसदीय दलको बैठक बसेको हो । एमालेले आजै सचिवालय बैठक पनि बोलाएको छ ।

साँझ ६ बजे ओली निवास गुण्डुमा बैठक बस्न लागेको हो ।