रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ: डा भट्टराई

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले रास्वपाले आफ्नो महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने र प्रकारान्तरले सङ्घीयता भत्काउने निर्णय गरेको हो भने त्यो ठुलो भूल हुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– विधिको हिसाबले एकातिर आफ्नै नेतृत्वको सकारले ‘संविधान संशोधन बहसपत्रुतयार गर्न कार्यदल बनाउने र अर्कोतिर आफ्नो एकल निर्णय अरूमाथि लाद्ने हो भने दलहरू, विभिन्न जातिहरू र आम जनसमुदाय बिचमा ठुलो विश्वासको सङ्कट पैदा हुनेछ र त्यसले देशलाई अनिष्टतिर धकेल्न सक्छ।