रास्वपा महाधिवेशन : रविले गरे मतदान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने केन्द्रीय सदस्य निर्वाचनअन्तर्गत मतदान गरेका छन् । रास्वपाले नयाँ केन्द्रीय समिति चयनका लागि सञ्चालन गरेको निर्वाचनमा सभापति लामिछानेले मतदानस्थल पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत ९९ सदस्यीय केन्द्रीय समिति चयनका लागि विद्युतीय भोटिङ प्रणालीमार्फत मतदान भइरहेको छ ।
मतदानपछि बाहिर निस्किएका सभापति लामिछानेले कुनै प्रतिक्रिया नदिई हिँडे ।