प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का सांसद केपी खनालले सभामुख डोलप्रसाद अर्याललाई ‘कर्मचारी महोदय’ भनी सम्बोधन गरेका छन् । संसद्को आकस्मिक समयमा बोल्दै खनालले ‘कर्मचारी महोदय’ भनेपछि केही बेर सदनमा खासखुस चलेको थियो।
सम्बोधनमा शब्द चिप्लिए पनि खनालले आफ्नो मन्तव्यलाई भने निकै आक्रामक रूपमा अगाडि बढाएका थिए । सांसद खनालले कैलालीको लम्कीचुवा अस्पतालको दयनीय अवस्था र त्यहाँका कर्मचारीमाथि भएको दुर्व्यवहारको विषय उठाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको ध्यानाकर्षण गराएका छन् ।



















