सेयर बजारमा २४.६३ अंकको गिरावट, नेप्से २६ सय नजिक

साताको कारोबारको दोस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। आज नेप्से परिसूचक २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा कायम भएको छ। आजको बजारमा कुल ३६५ कम्पनीका ८७ लाख ३७ हजार ३९२ कित्ता सेयरहरू ७९ हजार २८६ पटक खरिदबिक्री भए । जसबाट कुल ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबार भएका कम्पनीहरूमध्ये जम्मा ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २३५ कम्पनीको मूल्य घटेको छ। ५ कम्पनीको मूल्य भने स्थिर रहेको छ। बजार ओरालो लागे पनि केही कम्पनीको सेयर मूल्यमा भने उछाल आएको छ। आज सबैभन्दा बढी कमाउनेमा स्नो रिभर्स लिमिटेड रहेको छ, जसको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर ४५४.२० पुगेको छ ।

समूहगत रुपमा आज सबै सूचक घटेका छन् । ट्रेडिङ समूहमा सबैभन्दा धेरै १.७४ प्रतिशत गिरावट देखिएकव छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १३.०४ प्रतिशत र स्वाभिमान लघुवित्तको मूल्य १०.८० प्रतिशतले वृद्धि भएको छ। टक्सार पिखुवाखोल हाइड्रोपावर भने सर्वाधिक १४.०३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सिद्धार्थ बैंक शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको १३ करोड ३९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै टक्सार पिखुवाखोला हाइड्रोपावरको ११ करोड ३२ लाख र आँखुखोला जलविद्युतको ९ करोड ८९ लाख बराबरको सेयर कारोबार भएको छ ।