सार्वजनिक सवारीको भाडा १ देखि २ प्रतिशतसम्म घट्ने भएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडादर समायोजन गर्न लागिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई भाडादर समायोजन गर्न आग्रह गरेको छ ।
नेपाल आयल निगमले मंगलबार रातिदेखि पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा ३० रुपैयाँ मूल्य घटाएको थियो । यसैसँगै संघमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा १ देखि २ प्रतिशतसम्म घट्ने भएको छ।



















