बालेनलाई आरेनको चेतावनी: लोकतन्त्रमाथि छेडखानी गरे विद्रोह हुन्छ

श्रम संस्कृति पार्टीका सांसद आरेन राइले लोकतन्त्रमाथि छेडखानी गरे विद्रोह हुने चेतावनी दिएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने ‘संविधान संशोधनको नाममा लोकतन्त्रमाथि छेडखानी गरियो भने फेरि यो सिंहदरवारको विरुद्धमा अथवा सिंहदरवारमा बस्ने शासकहरूको विरुद्धमा फेरि पनि विद्रोह हुन्छ । ’

चुनाव अगाडि मधेश प्रदेशको जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बालेन्द्र शाह (बालेन)ले प्रदेशलाई थप बलियो बनाउने बताएका थिए । तर प्रधानमन्त्री भएपछि त्यसअनुसारको व्यवहार हुन नसकेको भनेर विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।